चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने



काठमाण्डौ । कोरोना महामारीका कारण बन्द रहेको चन्द्रागिरि केबलकार आजदेखि सञ्चालनमा आउने भएको छ ।

आजदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागिएको चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिनुभयो । कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा आजदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुने उहाँले बताउनुभयो ।

पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत अन्य देशबाट समेत पर्यटकहरु चन्द्रागिरि पुग्ने गरेका छन् । कम्पनीका महाप्रबन्धक शाहले चन्द्रागिरि हिल्समा आजदेखि नै जीपलाइन पनि सुरु गर्न लागेको जानकारी दिनुभयो ।

पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिसकेको छ ।

सम्बन्धित समाचार