डिसिसिएमसीको अनुमति लिएर विद्यालय सञ्चालन गर्न सकिने



जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को अनुमति लिएर विद्यालय सञ्चालन गर्न पाइने भएको छ । स्थानीय तहहरूले स्वास्थ तथा सुरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने भएमा डिसिसिएमसीको अनुमति लिनुपर्ने दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

दाङको शान्तिनगर गाउँपालिकाले आगामी सातादेखि र तुलसीपुर उपमहानगरपालिकाले तिजपछि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । शुक्रबार बसेको डिसिसिएमसी बैठकले स्मार्ट लकडाउनको प्रावधानभित्र रही विद्यालय सञ्चालन गर्ने निर्णय भएको हो ।

बैठकले चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गर्नुपर्ने, सर्वसाधारण, व्यक्ति, सार्वजनिक/निजी संघसंस्था, व्यावसायिक फर्मलगायतबाट सञ्चालन हुने सबै किसिमका कार्य सरकारले तोकेको मापदण्डअनुसार गर्नुपर्ने, सभा, भिडभाड, जुलुस, जात्रा, महोत्सव नगर्ने निर्णयलाई निरन्तरता दिएको छ ।

सम्बन्धित समाचार