गर्भवतीलाई बाढिएको पोषण सामाग्रीमा आर्थिक हिनामिना



वीरगन्ज । पर्साको पोखरीया नगरपालिकामा गर्भवती महिलालाई लक्षित बहुक्षेत्रीय पोषण कार्यक्रममा आर्थिक हिनामिना गरेका छन्। संघ सरकारबाट गत आर्थिक वर्ष २०७७/०७८ मा बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि पोखरीया नगरपालिकामा ३३ लाख ५ हजार रुपैयाँ आएको थियो। त्यो मध्येको १३ लाख ५ हजार रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको छ।

खर्च गरिएको २० लाख रुपैयाँमा पनि नगरपालिकाका कर्मचारीले व्यापक आर्थिक हिनामिना गरेका हुन्। कार्यक्रम अन्तर्गत पालिकामा रहेका गर्भवती महिलालाई पोषण सामाग्री वितरणमा त्यहाँका कर्मचारीले आर्थिक हिनामिना गरेका हुन्।

बजेट गत आर्थिक वर्षकै भए पनि गर्भवती महिलालाई चालु आर्थिक वर्षको दोश्रो सातामा मात्रै पोषण सामाग्री बाँडिएको हो। बहुक्षेत्रीय पोषण कार्यक्रममा नगरपालिकाका १० वटै वडामा गरी ९ सय ६६ जना गर्भवती महिलालाई प्रोटिन पाउडर, रगतको हेमोग्लोबिन बढाउने एचबी सिरप, दूध बढाउने आर्युवेदिक सन्तावरी पाउडर, मसुरोको दाल र अण्डा वितरण गरिएको छ।

जिन्सी शाखा प्रमुख मनोजकुमार साहका अनुसार ९ सय ६६ जना महिलालाई १६ लाख ५७ हजार रुपैयाँ मूल्यको ती सामान खरिद गरि वितरण गरिएको हो।
साहका अनुसार, नगरपालिकाले प्रोटिन पाउडर २ सय ग्रामको प्योकट ३ सय ९० रुपैयाँ, एचबी सिरप २ सय रुपैयाँ, सन्तावरी पाउडर १ प्याकेट ३ सय ५० रुपैयाँ , दाल मुसुरोको ३ किलो ३ सय ७५ रुपैयाँ र अण्डा ३० पिस ४५० रुपैयाँमा खरिद गरेको हो।

नगरपालिकाका अनुसार एक जना महिलालाई बाढिएको ती सामानको मूल्य १ हजार ७ सय १५ रुपैयाँ परेको छ। तर बजारमा ती सामानको अधिकतम खुद्रा मुल्य भने १ हजार ४ सय ३५ रुपैयाँ मात्रै पर्छ।

वीरगन्जको पसलमा गएर ती सामानको अधिकतम खुद्रा मुल्य बारे बुझ्दा प्रोटिन पाउडर २ सय ग्रामको प्योकट ३ सय ५० रुपैयाँ, एचबी सिरप २ सय रुपैयाँ, सन्तावरी पाउडर १ प्याकेट २ सय रुपैयाँ, मुसरो दाल ३ किलो ३ सय १५ रुपैयाँ र अण्डा ३० पिस ९ १ क्यारेट० को ३७० रुपैयाँमै बिक्री भइरहेको छ।
थोक पसलमा गएर बढी परिमाणमा खरिद गर्ने हो भने अझै सस्तो पर्छ।

नगरपालिकाका कर्मचारीले ती सामानमा २ लाख ७० हजार ७ सय ९० रुपैयाँ हिनामिना गरेका हुन्।

सम्बन्धित समाचार