सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घट्यो


१ आश्विन २०७८, शुक्रबार


काठमाण्डौ । सुनको भाउ आज एकैदिन १४ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९० हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज १४ सय रुपैयाँले घटेर ८९ हजार एक सय रुपैयाँमा झरेको हो । हिजो पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको भाउ पनि आज घटेको छ ।

तोलामा ३० रुपैयाँले घटेर चाँदीको भाउ आज ११ सय ७० रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार