खुलेको मौसममा मुस्कुराएको मकालु हिमाल



संखुवासभा । ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्‍न पाइयोस्‚ यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्‘’। रामकृष्ण ढकालको स्वारमा रहेको यस गीत र संखुवासभाको सदरमुकाम खाँदबारीबाट देखिएको मकालु हिमालको दृश्यसँग मिल्दो छ।

हिउँद लागेसँगै सफा नीलो आकाशलाई पृष्ठभूमि बनाउँदै मकालु हिमाल मुस्कुराएको देख्नेले सधैं हिमालको दृश्यावलोकन गर्न पाइरहूँ भन्ने इच्छा गर्छन्।

मकालु संसारको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो। यसको उचाइ ८ हजार ४८१ मिटर छ। यति मात्र होइन‚ संखुवासभामा समुद्री सतहदेखि ४५७ मिटर उचाइमा संसारको सबैभन्दा होचो अरुण उपत्यका पनि छ।

 

 

 

 

सम्बन्धित समाचार