कांग्रेसको केन्द्र र प्रदेशमा निर्वाचित नेतृत्वलाई संखुवासभामा भब्य स्वागत (फोटो फिचर)



खाँदबारी । नेपाली कांग्रेसको १४ औं महाधिवेसनबाट निर्वाचित संखुवासभाका नेताहरुलाई गृह जिल्लामा भब्य स्वागत गरिएको छ । नेपाल तरुण दलले तुम्लिङटार एयरपोर्टबाट खाँदबारीसम्म मोटर साईकल र्यालीले स्वागत गरेका छन् । त्यस्तै, नेपाली कांग्रेस प्रदेश सभा (क) कार्य समितिले पार्टी कार्यालयमा शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेसनबाट केन्द्रीय सदस्यमा निर्वाचित तारामान गुरुङ, प्रदेश १ को उपसभापतिमा निर्वाचित टंकप्रसाद राई, प्रदेश सदस्यहरु भिमकुमार कार्की, राजेन्द्र घले, राम थापा, कमला गुरुङ र सृजना संकरलाई स्वागत गरिएको हो । उक्त कार्यक्रमका तस्विरहरु यहाँ प्रस्तुत गरिएको छ । तस्बिरः ध्यान कुलुङ 

 

सम्बन्धित समाचार