युक्रेनलाई नाटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको माग अमेरिकाद्वारा अस्वीकार



काठमाण्डौ । अमेरिकाले युक्रेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो)को सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गरेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गर्नुभएको हो । एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि गम्भीर कूटनीतिक प्रकृया अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । उहाँले रुसले यो प्रस्तावलाई रोज्नुपर्नेमा समेत जोड दिनुभएको छ । तर रुसका एक मन्त्रीले नाटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाबारे आफ्नो देशले अध्ययन गर्ने बताएको बीबीसीले जनाएको छ ।

यसअघि रुसले नाटो सैन्य गठबन्धन बिस्तार र सुरक्षा मामिलाबारे आफ्नो चासो र चिन्ताको लिखित सूची निकालेको थियो । त्यसमा युक्रेन उत्तर एट्लान्टिक सन्धि संगठन ९नाटो० को सदस्य बने आफ्नो देशको सीमा क्षेत्रमा सैन्य गतिविधि बढ्ने र त्यसले राष्ट्रिय सुरक्षामाथि खतरा उत्पन्न हुने उल्लेख छ । यसैबीच रुस, युक्रेन, फ्रान्स र जर्मनीका कूटनीतिज्ञले अन्य मुद्दामा मतभेद भए पनि पूर्वी युक्रेनको डोनबास क्षेत्रमा युद्धविराम जारी राख्नेमा सबै सहमत रहेको बताएका छन् ।

सम्बन्धित समाचार