बागमती प्रदेश लोक सेवा आयोगको विज्ञापनप्रति भेटेरिनरी एशोसिएसनको आपत्ति



काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले पशु चिकित्सक अधिकृतका लागि खुलाएको विज्ञापनप्रति नेपाल भेटेरिनरी एशोसिएसनले आपत्ति जनाएको छ ।

बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले यही माघ १० गते प्रदेशका विभिन्न ७ वटा स्थानीय तहमा स्थायी पदपूर्तीको लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह ‘पशु चिकित्सक’ अधिकृत छैठौं तहको विज्ञापन खुलाएको थियो । त्यसका लागि एक तह माथिको ‘पशु चिकित्सा शास्त्रमा स्नातकोपाधि’ शैक्षिक उपाधि उल्लेख गरेर सूचना प्रकाशित गरेको भन्दै एशोसिएसनले जनाएको हो ।

एशोसिएसनले सोमबार विज्ञप्ती निकालेर विज्ञापन अनुसारको पदहरुलाई कम्तिमा सातौं तह कायम गरी योग्यता सच्चाउन अनुरोध गरेको छ ।

यसअघि अहिलेकै जस्तो विज्ञापनको विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको उल्लेख गर्दै एशोसिएसनले लेखेको छ, ‘‘आयोगले पुनः समान प्रकृतिको विज्ञापन प्रकाशित गरी त्यस्तो गरिमामय निकायबाट पटक–पटक पशु चिकित्सा व्यवसायको मर्यादामा आँच पु¥याउने कार्य भएकोमा खेद व्यक्त गर्दछौं ।’

सम्बन्धित समाचार