धरानमा दिपावली पर्वलाई लक्षित गरेर बजाज एक्सचेञ्ज मेला हुने



धरान । धरानमा दिपावली तथा पर्वलाई लक्षित गरेर बजाज एक्सचेञ्ज मेला हुने भएको छ । बजाज मोटसाइलकको धरानका लागि आधिकारिक बिक्रेता अर्बिन एण्ड ब्रोदर्श अटोले कार्तिक ५ गतेदेखी ९ गतेसम्म ५ दिन बजाज एक्सचेञ्ज मेलाको आयोजना गर्ने भएको हो ।

५ दिनसम्म सञ्चालन हुने एक्सचेञ्ज मेलामा जस्तो सुकै अवस्थामा रहेको कुनै पनि ब्राण्डको मोटरसाइकल वा स्कुटरको न्यूनतम १५ हजार रुपैयाँ मुल्याङकन गरिने अटोका सञ्चालक एबंम युवा व्यावसायी अर्बिन तामाङले बताए । ती साधनको विलबुक भने अनिबार्य लिएर आउनुपर्ने छ ।यसैगरी, बजाज मोटरसाइकलको चाडबाड लक्षित ‘भबिष्यवाणी अफर’ अन्तर्गत मेलामा नयाँ मोटरसाइकल खरिदमा दुई पटक लक्की ड्रमार्फत २ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सकिने जनाइएको छ ।

मोटरसाइकल खरिद गर्नु अगाडी अधिकतम १ लाख रुपैयाँसम्म र खरिद पछि पनि अधिकतम १ लाख रुपैयाँसम्म लक्की ड्रमार्फत नगद छुट प्राप्त गर्न सकिने अटोका सञ्चालक तामाङले बताए । यस अघिको मेलामा १ जना भाग्यशाली ग्राहकले भबिष्यवाणी अफर अन्तरगत एक लाख उपहार प्राप्त गरीसकेका छन ।

मेलामा पुरानो मोटरसाइकलको उचित मुल्यांकन गरीने तथा एक्सचेञ्जमा आएका कुनै पनि ब्राण्डको मोटरसाइलक वा स्कुटरको बजार प्रचलित मुल्याङकनमा थप १५ हजार रुपैयाँ दिइने जनाइएको छ । मेलामा नयाँ मोटरसाइकल खरिदमा बाइक कभर, हेल्मेट, ल्यापटप ब्याग, मोटरसाइलको लेगगार्ड निःशुल्क प्रदान गरिने अटोले जनाएको छ । त्यस्तै, मेलामा फाइनान्स र इन्स्युरेन्सको सुबिधा दिइने जनाइएको छ ।

सम्बन्धित समाचार