श्रीलङ्काका राष्ट्रपतिद्वारा १ सय ९७ कैदीलाई माफी



श्रीलङ्काका राष्ट्रपति गोताबाय राजापक्षले एक सय ९७ कैदीलाई आम माफी दिनुभएको छ ।

देशको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उहाँले एक सय ९७ कैदीलाई आम माफीको घोषणा गर्नुभएको हो ।

कारागारभित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुँदै गएकाहरूलाई बाँकी सजाय छुट गरिएको सरकारले जनाएको छ ।

व्यवहारमा सुधार भएकामध्ये पनि ६५ वर्ष उमेर पूरा गरेका, तोकिएको कुल सजायमध्ये कम्तीमा ५० प्रतिशत कटाइसकेकालाई आम माफीका लागि छनोट गरिएको हो ।

तर हत्या, लागुऔषध कारोबार, बलात्कार र सैन्य अपराधमा संलग्न भएको आरोप पुष्टि भएकाहरूलाई भने आम माफी नदिइने व्यवस्था छ ।

श्रीलङ्का सन् १९४८ को फेब्रुअरी ४ मा बेलायती उपनिवेशबाट मुक्त भएको थियो । त्यतिबेलादेखि श्रीलङ्कामा हरेक वर्षको फेब्रुअरी ४ का दिन राष्ट्रिय स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।

सम्बन्धित समाचार