कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए



काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् । ४३ हजार ९३२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २६९ जनाको आईसीयू र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार