सोनियल साम्पाङको गीत ‘मेरो ज्यानको भन्दा’ सार्वजनिक (भिडियो सहित)



खाँदबारी । संखुवासभाली गायक सोनियल साम्पाङको नयाँ गीत मेरो ज्यानको भन्दा बोलको गीत सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटल युटुब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

लेलिन राईको शब्द तथा संगीत रहेको उक्त गीतमा सोनियलले आवाज दिएका हुन् । गीतको भिडियोमा गायक सोनियल र डेजिना राईले अभिनय गरेका छन् । गीतको भिडियो वियोगान्त कथामा आधारित बनाईएको छ । भिडियो निर्देशन उपेन्द्रकुमार राईले गरेका हुन् । किरण राईले छायाँङ्कन गरेको यस भिडियो उनैले सम्पादन समेत गरेका हुन् ।

चिचिला गाउँपालिका २ का सोनियल स्थानीय तथा प्रदेश स्तरका विभिन्न गायन प्रतियोगिताका उपाधि विजेता हुन् । संगीत क्षेत्रमा अत्यन्त ठुलो सम्भावना बोकेको भए पनि यस अघि गीतहरु बजारमा ल्याएका थिएनन् ।

सम्बन्धित समाचार