सिलिचोङ कांग्रेसले गर्यो चुनावी आमसभा (फोटो फिचर सहित)



खाँदबारी । नेपाली कांग्रेस सिलिचोङ गाउँ कार्य समितिले सिलिचोङ गाउँपालिकाको बुधबारेमा चुनावी आमसभाको आयोजना गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि बुधबार कार्यक्रमको आयोजना गरिएको हो ।

आमसभा नेपाली कांग्रेसको तर्फबाट सिलिचोङ गाउँपालिका अध्यक्षका उमेद्वार भुपालराज मेवाहाङको अध्यक्षतामा आयोजना गरिएको हो । कार्यक्रमलाई पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ र महासमिति सदस्य तथा पुर्व जिल्ला सभापति दीपन कुमार श्रेष्ठले सम्बोधन गरेका थिए । आमसभामा नेपाली कांग्रेस प्रदेश सभा क का क्षेत्रीय सचिव संयोगान्त कुलुङ र सिलिचोङ गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा नेपाल साँस्कृतिक संघका कलाकारहरुले गीत तथा नाँच प्रस्तुत गरेका थिए । गायक तथा संगीतकार डिजे मेवाहाङ र गायिका अस्मी बान्तावाले गीत प्रस्तुत गरेका थिए भने सिलिचोङ ३ लकुवाका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

आमसभामा सिलिचोङ कांग्रेसको घोषणा पत्र समेत सार्वजनिक गरिएको छ । नेपाली कांग्रेस निर्वाचित भएपछि आगामी पाँच बर्षमा गरिने विकासहरुको खाका सहितको घोषणा पत्र कार्यक्रमका अतिथीहरुले सार्वजनिक गरेका हुन् ।

आमसभाको अवसरमा सिलिचोङ गाउँपालिकाका विभिन्न वडाबाट १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई केन्द्रीय सदस्य तारामान गुरुङ र महासमिति सदस्य दीपन कुमार श्रेष्ठले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । कार्यक्रमका फोटोहरु यहाँ प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार