जंगली च्याउ खाँदा २ जनाको मृत्यु, २ जना बिरामी



ओखलढुङगा । ओखलढुङगाको चम्पादेवी गाउँपालिका ७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन्।

जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ वर्षीया मनमाया विष्ट, निजको छोरा २७ वर्षीय राजन विष्ट, राजनको श्रीमती २४ वर्षीया ढक कुमारी लामिछाने र छोरी सरिस्मा विष्ट बिरामी भएका थिए।

च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारको लागी मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा ढक कुमारी लामिछानेको सोही अस्पतालमा मृत्यु भएको थियो। अन्य तिन जनालाई थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएकोमा उपचारको क्रममा मनमाया विष्टको ३१ गते मृत्यु भएको तथा अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ।

 

सम्बन्धित समाचार