खाँदबारी कारागारमा कैदीको मृत्यु



खाँदबारी । जिल्ला कारागार संखुवासभामा एक कैदीको मृत्यु भएको छ । पाँचखपन नगरपालिका–२ स्याबुनका ३९ वर्षीय सुरेश तामाङको बिहीबार मृत्यु भएको हो ।

छाती दुखेर अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको जेलर विनोद अधिकारीले बताए । मृत्युको कारण पोस्टमार्टम पछिमात्रै आउने उनले बताए ।

मृतक तामाङ १८ महिनादेखि जबरजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका थिए ।

सम्बन्धित समाचार