अरुण नदिले बगायो स्काभेटर, अझै भेटिएन



खाँदबारी । केहिदिनदेखि निरन्तर आएको बर्षाका कारण अरुण तेस्रोमा काम गरिरहेको एक कम्पनीको स्काभेटर नदिले बगाएको छ । विहिबार राती आएको वाढिले पार्कीङ गरेर राखेको स्काभेटर बगाएको अझै भेटिएको छैन । मकालु गाउँपालिका वडा नं. ५ फ्याक्सीन्दा दोभानमा निर्माणाधिन अरुण तेस्रो परियोजनाको ड्यामसाईडमा काम गरिरहेको स्काभेटर राती एक्कासी आएको बाढिले बगाएको हो ।

रानीढुंगा निर्माण सेवा प्रा.लि. को प्रदेश १–०२-००१ क ४१८५ नम्बरको स्काभेटर बगाएको हो । नदिको पानीको बहाव अझै नघटेकाले अझै स्काभेटर फेला पार्न नसकिएको कम्पनीका सञ्चालक टकमान घलले जानकारी दिनुभयो । काम गरेर निर्माण पक्षको पार्किङ स्थलमा पार्किङ गरेको अवस्थामा सो स्थान सहित बगाएको वहाँले बताउनुभयो । राती अपरेटर सुत्न गएको अवस्थामा एक्कासी बाढि आउँदा बगाएको हो । अरुण तेस्रोको ड्याम साईट निर्माणको जिम्मा लिएको जेपी ग्रुपको पार्कीङ स्थल, सडक समेत बगाएको छ । मोटरेबल पुलको दुवै तर्फको सडक समेत नदीले कटान गरेको कारण पुल पनि जोखिममा रहेको स्थानीयले जानकारी दिए ।

सम्बन्धित समाचार