दिलिप सिंह कुलुङले ल्याए महाकुलुङ गान ‘हाम्रो महाकुलुङ’



खाँदबारी । महाकुलुङका दिलिप सिंह कुलुङको शब्दमा महाकुलुङ गाउँपालिकाको चिनारी गीत हालै सार्वजनिक भएको छ । गीतको भिडियो दिलिप सिंह कुलुङकै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा बालन्द राईको संगीत, मेलिना राईको स्वर रहेको छ भने सचिन सिंहले एरेञ्ज गरेका हुन् । गीतको भिडियो विनोद कुलुङले छाँयाङ्कन गरेका छन् भने सिर्जन शिरिस कुलुङले सम्पादन गरेका हुन् ।

गीतमा महाकुलुङ गाउँपालिकाको बस्तु स्थिती, भुगोल, परिवेश, जातीय सद्भाव लगायतको बर्णन गरिएको छ । विश्व माझ महाकुलुङलाई चिनाउने प्रयास स्वरुप गीत निर्माण गरिएको गीतकार कुलुङको भनाई छ ।

गीत निर्माणको लागि अमेरिका निवासी टंक सोम्फोरु कुलुङ, कमलराम कुलुङ, तिलक कुलुङ, हिकराज कुलुङ, अर्जन कुलुङले आर्थिक सहयोग गरेको गीतकार कुलुङले जानकारी दिए । त्यस्तै कोरियामा कार्यरत मदन कुलुङ, आशिष कुलुङ, प्रविण कुलुङ, काठमाडौं निवासी हस्तमान कुलुङ, महाकुलुङ निवासी श्रवण कुलुङ र छिरी कुलुङको पनि आर्थिक सहयोग रहेको कुलुङले बताए ।

सम्बन्धित समाचार