सुन चाँदीको भाउ सामान्य घट्यो



काठमाण्डौ । सुन चाँदीको भाउ आज घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ र चाँदी तोलामा १ हजार २ सय ३५ रुपैयाँ तोकिएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजार भाउ अनुसार सार्वजनिक बिदा बाहेकका दिनमा सुन चाँदीको भाउ तोक्दै आएको छ ।

सम्बन्धित समाचार