जिल्ला सदरमुकामकाे बाटाेकाे याे दुरदशा (भिडियाे)



खाँदबारी । संखुवासभा सदरमुकाम खाँदबारीकाे लभिङ हिलबाट मकालु गाउँपािलकाकाे नुम बजारसम्म ३९ किलाेमिटरकाे सडक कालाे पत्रे गर्न २०७८ असार १७ गते सम्झाैता गरिएकाे थियाे ।

शर्मा शिवशक्ति जेभिले २०८० पुष १७ गते सम्पन्न गर्ने गरि  उत्तर दक्षिण कोशी सडक आयोजनाको कार्यालय सङ्खुवासभासँग सम्झौता गरेको थियो । ३९ किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ४८ प्रतिशत ‘बिलो’मा शर्मा शिवशक्ति जेभिले ठेक्का पाएको थियो । २ अर्ब ६० करोड रकम विनियोजन भएकोमा शर्मा शिवशक्तिले १ अर्ब २७ करोडमा ठेक्का पाएको हो ।

सडक कालाे पत्रे गर्न सम्झाैता भएकाे १४ महिना वित्दा जम्मा १४ प्रतिशत मात्र काम गरेकाे निर्माण कम्पनीले दावी गरेकाे छ । ठाउँ ठाउँमा खनेर छाेडेकाे सडकका कारण हिलाम्य भई यातायात सञ्चालन गर्न समस्या भएकाे छ । जसमध्ये जिल्ला सदरमुकाम खाँदबारीकाे लभिङ हिलदेखि सुमन चाेक विचकाे सडककाे अवस्था यहाँ भिडियाेमा प्रस्तुत गरेका छाैं ।

 

सम्बन्धित समाचार