एकीकृत समाजवादीको सचिवालय बैठक जारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । काठमाडौंको कान्तिपथस्थित एक होटलमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल चलिरहेको उपमहासचिव जगनन्नाथ खतिवडाले बताए ।

वागमती प्रदेशका मुख्यमन्त्रीको हेरफेर, चुनावी गठबन्धन लगायत विषयलाई छलफलको एजेण्डा बनाइएको छ ।

वागमती प्रदेशमा कांग्रेस र नेकपा एकीकृत समाजवादीले आलोपालो गर्ने सहमति यसअघि नै भएको भन्दै कांग्रेसले मुख्यमन्त्री छोड्न समाजवादीसँग आग्रह गरिरहेको छ । तर समाजवादीले भने यो विषय केन्द्रमा गठबन्धनले नै टुंगो लगाउनुपर्ने बताउँदै आएको छ ।

सम्बन्धित समाचार