खाजाघरमा १ हजारमा वेश्यावृत्ति गराएको आरोपमा महिला पक्राउ



काठमाडौंको खाजाघरमा वेश्यावृत्ति गराएको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । इलाम जिल्लाको माई नगरपालिका–७ घर भएकी २८ वर्षीया चिनिमाया लिम्बुलाई पक्राउ गरिएको मानव बेचविखन ब्यूरोका एसपी दानबहादुर मल्लले बताए ।

चिनिमायाले काठमाडौंको टोखा नगरपालिका–९ मा खाजा घर सञ्चालन गरेकी छिन् । सो खाजा घरमा कोठा भाडामा लिएर नाबालिगलाई राखेर वेश्यावृत्ति गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । वेश्यागमनका लागि आउने ग्राहकहरूसँग चिनिमायाले प्रति ग्राहक १ हजार लिने गरेको एसपी मल्लले जानकारी दिए ।

नगद आफुले राखेर उनले ती नाबालिगलाई खान मात्रै खुवाएर जबर्जस्ती यौन सम्पर्क गर्न बाध्य पार्ने गरेकी थिइन् । जेठ १३ मा प्रहरीले नाबालिकालाई उद्दार गरेको थियो । आरोपीलाई असार ३१ मा पक्राउ गरेर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार