मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु



विराटनगर । मोरङको बेलबारी नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट मंगलबार राति एक जना वृद्धाको मृत्यु भएको छ । बेलबारी नगरपालिका–६ सोमबारे जरुवा टोलस्थित भित्री सडकखण्डमा को ११ प ९३१३ नबरको मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीया सीतादेवी ढकालको मृत्यु भएको हो ।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलले राति ८:४५ बजेतिर ठक्कर दिँदा ढकाल गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्‍याउन साथ राति १०स्५५ बजेतिर चिकित्सकले मृत घोषित गरेको कार्कीले बताए । उनका अनुसार चालक बेलबारी–६ का अन्दाजी २३ वर्षीय अमन चौधरीले लाइसेन्स ९सवारी चालक अनुमति पत्र० प्राप्त नगरिकन मोटरसाइकल चलाएको पाइएको छ ।

चौधरीलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बिना लाइसेन्स तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

सम्बन्धित समाचार