कोरोना संक्रमित भेटिएपछि मकालुका एक विद्यालय बन्द



खाँदबारी । कोरोना भाइरसको प्रकोप बढेसंगै विभिन्न जिल्लाका शैक्षिक संस्थाहरु बन्द हुन थालेका छन् । संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ नुममा रहेको एक विद्यालय पनि गत आइतबारदेखि पठनपाठन बन्द गरिएको छ ।

परिक्षण गरिएका मध्ये एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछी अरुण भ्याल्ली बोर्डिङ स्कुल बन्द गरिएको हो । सातादिन अघि देखिनै विद्यार्थीहरुमा ज्वरो आउने, टाउको दुख्ने लगायतका समस्या देखिएको प्रिन्सीपल तिलाराम पराजुलीले बताए । तीनीहरु मध्ये केहीलाई एन्टिजेन्ट परिक्षण गरिएको थियो ।

३ सय ६५ जना विद्यार्थी संख्या रहेको अरुण भ्याल्लीमा करिब एक दर्जन बढी विद्यार्थीलाई ज्वरो आउने समस्या भएको पराजुलीले बताए । आगामी आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको उनले बताए ।

संखुवासभामा दिनानु दिन कोरोनाको संक्रमण बढ्दै गएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ । गत साउन १३ गतेको तथ्यांक अनुसार ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

सम्बन्धित समाचार