तुम्लिङटारमा बजार अनुगमन



संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटारको बजार अनुगमन गरिएको छ । आज बुधबार जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यलय, खाँदबारी नगरपालिका, संखुवासभा उद्योग वाणिज्य संघ र पत्रकार महासंघ लगायतका टोलीले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।

तुम्लिङटारको कत्लेभञ्जाङ्ग देखि तुम्लिङटार आसपास रहेको मुख्य–मुख्य खाद्य सामग्री राखेको पसल, डिलर, होटल, मदिरा पसल, माछा मासु ब्याबसाय लगायतको बजार पसल अनुगमन गरिएको थियो । बजारमा म्याद गुज्रेका खाद्य सामान रहेको, मूल्य बढि लिएको गुनासोहरु आउने र खाद्य बस्तुहरु उपभोक्ताको हित अनुकुल छ छैन भनेर बेला–बेला अनुगमन गर्ने गरिएको घरेलु तथा साना उद्योग कार्यलय संखुवासभाका प्रमुख प्रेमचन्द्र कुलुङले बताउनुभयो ।

उहाँको अनुसार, तुम्लिङटारमा बजार, पसल र होटलको अनुगमन गरिएको थियो भने बजार, पसलमा म्याद गुज्रेका सामग्री छ/छैन, मूल्य सुची टाँस गरेको छ/छैन र होटलको किचनमा गुणस्तरीय छ/छैन भन्ने बारेमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा ब्याबसायीहरुलाई सम्झाउने बुझाउने काम गरिएको थियो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गर्ने समेत जनाएको छ । समय–समयमा जिल्ला प्रशासन कार्यालय र खाँदबारी नगरपालिका लगायतका स्थानीय सरकारले बेला–बेलामा बजार अनुगमन गदै आएको छ ।

सम्बन्धित समाचार