चिचिला : विद्यार्थी अभावमा ३० वर्षपछी विद्यालय बन्द



संखुवासभाको चिचिला गाउँपालिका वडा नं. ३ मा ३० वर्ष अघिदेखि सञ्चालनमा आएको एक विद्यालय बन्द भएको छ । फाकादाममा रहेको विकास आधारभुत विद्यालयमा विद्यार्थी शून्य भएपछी विद्यालय बन्द गरिएको सुपरिवेक्षक महेन्द्र राईले बताए । विद्यार्थी संख्या शून्य भएपछी यसै शैक्षिक वर्षबाट पठनपाठन बन्द गरिएको हो ।

राईका अनुसार २०५० सालमा स्थापना भएको विद्यालयमा कक्षा २ सम्म सञ्चालनमा रहेको थियो । गतवर्ष मात्रै दुई जना भर्ना भएका विद्यार्थी अन्यत्रै अध्ययनका लागि गएपछी विद्यालय बन्द गर्नु परेको हो । स्थापनाकाल देखि उक्त विद्यालयमा दुई शिक्षक दरबन्दी र एक जना कार्यालय सहयोगी रहेका थिए । विद्यार्थी संख्या घट्दै गएपछी शिक्षक दरबन्दीको संख्या १ पनि घटेको थियोे । उक्त दरबन्दी समेत हटेपछी गतवर्ष देखि गाउँपालिकाले आन्तारिक स्रोत मार्फत शिक्षकलाई तलव भत्ता व्यवस्थापन गर्दै आएको थियो ।

वर्षेनी बसाईसराई गर्नेहरुको संख्या बढेसंगै फाकादाममा अहिले करिब १२ घरपरिवार मात्रै बसोबास गर्दै आएका छन् ।

सम्बन्धित समाचार