सिलिचोङ गाउँपालिकाका जनप्रतिनिधिहरू काडमाण्डौमा सम्मानित



संखुवासभा । सिलिचोङ गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई काठमाडौंमा सम्मान गरिएको छ ।

सिलिचोङबाट निर्वाचित पदाधिकारीमध्ये ५ जनालाई नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ काठमाडौं उपत्यका समितिले बधाई दिँदै सम्मान गरेको हो ।

आफ्ना काम विशेषले सिलिचोङदेखि काठमाडौं आएका गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङ, वडा नम्बर १ का वडाध्यक्ष गणेश कुलुङ, वडा नम्बर ३ का वडाध्यक्ष प्रतापसिंह तामाङ, वडा नम्बर ४ का वडाध्यक्ष देवेन्द्र बान्तावा र वडा नम्बर ५ का वडाध्यक्ष ईश्वर कुलुङलाई औपचारिक रुपमा बधाई दिइएको संघका अध्यक्ष घनश्याम कुलुङले बताए ।

बधाई तथा शुभकामना दिँदै नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघका केन्द्रीय अध्यक्ष चन्द्रसिंह कुलुङले स्थानीय सरकारले सबै सूचीउन्मुख आदिवासीहरूलाई सूचीकरण गर्न आवश्यक रहेको बताए । आदिवासीहरूको सूचीकरण स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने भएको भन्दै गाउँपालिकाले यसबारे निर्णय गर्न आग्रह गरे ।

बधाई ज्ञापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष भुपालसिंह मेवाहाङले नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघको मागबारे आफू सकारात्मक रहेको बताउँदै यसबारे गाउँ कार्यपालिकाको बैठकमा प्रस्ताव गर्ने बताए ।

सम्बन्धित समाचार