कोरोनाले एकैदिन ५ जनाको मृत्यु, ८१५ मा संक्रमण



काठमाडौं । कोभिड १९ संक्रमणबाट बिहीबार ५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आज एकै दिन ५ जना संक्रमितको मृत्यु भएको हो।

गत २४ घन्टामा ४ हजार ५३४ जनामा गरिएको परीक्षणमा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। आज ४ सय ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

हाल देशभर ५ हजार ८६९ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौंमा २ हजार ९२२ जना, ललितपुरमा ८६८, जना र भक्तपुरमा ८९ जना रहेका छन्।

सक्रिय संक्रमित मध्ये १९२ जना संस्थागत आइसोलेशन र ५ हजार ६७७ जना होम आइसोलेशनमा रहेका छन। ६० जना संक्रमितको आइसियु र ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

 

सम्बन्धित समाचार