राती प्रेमीलाई भेट्न बोलाएर नर्घात कुटपिट



दाङ । दाङ राजपुर गाउँपालिका–३ खरदरियाका १९ वर्षिय मन्साराम यादवलाई साउन २१ गते उनकी प्रेमीकाको फोन आयो । प्रेमिकाले बोलाएपछि मन्साराम साइकल चढेर राती ९ बजे तीन किलोमिटर टाढा केटीको घर राजपुर–३ स्थित बेला पुगे ।

उनी पुग्ने वित्तिकै केही व्यक्ति आएर उनीमाथि कुटपिट गर्न थाले । इलाका प्रहरी कार्यालय गढवाका अनुसार मन्सारालाई निर्घात रुपमा कुटपिट गर्दै स्थानीय धीरबहादुर यादवको घरमा लगेर टाउको, मुख, खुट्टामा कुटपिट गरे । उनीमाथि कुट्ने अरु कोही नभएर किशोरीका बुबा पाटेश्वर यादव थिए । पाटेश्वर मन्साराम पढ्ने स्कूलका शिक्षक पनि हुन् । प्रहरीका अनुसार मन्साराम र किशोरी एउटै विद्यालयमा अध्ययनरत छन् ।

शिक्षक पाटेश्वरले आफ्नी छोरी र किशोरबीच प्रेम भएको थाहा पाएपछि छोरीलाई नै फोन गर्न लगाए, भेटन् बोलाए र किशोरलाई निर्घात कुटपिट गरेको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।

सम्बन्धित समाचार