विद्यालय मर्ज गर्ने विषयमा खाँदबारी नगरपालिकामा छलफल सुरु



खाँदबारी । जिल्लाको खाँदबारी नगरपालिका–९ ढुंगेविसौनी स्थित चन्द्रोदय आधारभूत विद्यालयलाई मर्ज गर्ने विषयमा छलफल भएको छ । जिल्लामा स्थापना हुने योगमाया विश्व विद्यालयको लागि आवश्यक जग्गा व्यवस्थापन गर्नको लागि उक्त विद्यालयलाई नजिकको अर्को विद्यालयसंग मर्ज गर्ने भएको हो ।

उक्त विद्यालयलाई मर्ज गर्नको लागि तुम्लिङटार स्थित मनकामना रत्न अम्बिका मा।वि। र बागिश्वरी माध्यमिक विद्यालयमध्ये एकमा गर्ने गरि प्रकृया अगाडी बढाईएको छ । चन्द्रोदय आ।वि।का विद्यालय व्यवस्थापन समिति र सरोकारवालाबीच सो विषयमा नगर प्रमुख महेश थपलियाको कर्यकक्षमा छलफल गरिएको हो । नगरपालिकाका उपप्रमुख महेश्वरा बज्रचार्य र शाखा प्रमुखहरु छलफलमा सहभागी रहेको थियो ।

कुन विद्यालयमा मर्ज गर्ने भन्ने विषयमा नगरपालिका मार्फत छलफल प्रारम्भ गरिएको नगर प्रमुख थपलियाले बताउनुभयो । यस विषयमा थप छलफल गरि चाँडै टुङ्गो लगाईने वहाँको भनाई छ ।

सम्बन्धित समाचार