रेडपान्डाको छालाको मुल्य डिल गर्दैगर्दा ३ जना पक्राउ



खाँदबारी । सुनसरीको धरानबाट रेड पाण्डाको छाला खरिद बिक्री गर्ने ३ जना पक्राउ परेकाछन् । जिल्ला प्रहरी कार्यालय सुनसरीको विशेष टोलीको सूचना र धरान प्रहरीको समन्वयमा संरक्षित रेड पाण्डाको एक थान सग्लो छालासहित ३ जानलाई धरान १६ श्याम चोकबाट बिहीबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मोरङ केरबारी ६ का रजिस राई, धरान १६ का सुदेश विश्वकर्मा र मोरङ सुन्दरहरैचा ५ का निश्चल श्रेष्ठ छन् । बरामद गरेको रेड पाण्डाको छाला ३२ लाखमा डिल भइरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको सुनसरीका एसपी प्रभु ढकालले अपराध न्यूजलाई जानकारी दिए ।

प्रारम्भिक अनसन्धानबाट उक्त छाला संखुवासभा जिल्लाबाट बिक्री गर्न धरान ल्याएको जनाइएको छ । अनुसन्धानको क्रममा नेश्चल श्रेष्ठले बरामद रेड पाण्डाको छाला संखुवासभाबाट तस्करी गरी ल्याएको र उनको यस कार्यमा प्रमुख भूमिका रहेको ढकालले जानकारी दिए ।

पक्राउ परेकाहरूको थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए । पक्राउ परेकाहरुलाई कानुनी कारबाहीको लागि भने सब डिभिजन वन कार्यालय तरहरा बुझाइने छ ।

सम्बन्धित समाचार