थप ७८१ जनामा कोरोना पुष्टि, दुईको मृत्यु



काठमाडौं । एकैदिन थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ४७१२ नमूना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२९० र एन्टिजेनबाट २४२२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४१९ र एन्टिजेनबाट ३६२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

आज कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ५११ जना कोरोनामुक्त भएका छन्।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ५७७५ पुगेको छ।

सम्बन्धित समाचार