अपर अरुण प्रभावित क्षेत्रकाे मुआब्जा दर ताेकियाे



खाँदबारी । अपर अरुण जलविद्युत आयोजनाले ओगट्ने भोटखोला गाउँपालिका वडा नं. २, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसकाे जग्गाकाे मुआब्जा दर निर्धारण गरिएकाे छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको हिजो (बिहिबार) को बैठकले मूल्य निर्धारण गरेको हो ।

उत्तर दक्षिण कोशी राजमार्गले छाेएकाे तथा बस्ती रहेको हटिया ६ काे प्रति रोपनी १५ लाख मुआब्जा निर्धारण गरिएकाे छ । कोशी राजमार्गले छाेएकाे तर बस्ती नभएका  हटिया ६ को जग्गा प्रति रोपनी १० लाख  रुपैयाँ निर्धारण गरिएकाे छ ।

त्यस्तै हटिया ८, ९ र चेपुवा १ को अलैंची बाली सहितको जग्गा ९ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला ३ का अलैंची बाली नभएको पाखा बारीकाे ७ लाख रुपैयाँ मूल्य कायम गरिएको छ । जिल्लामा मुआब्जा निर्धारण समितिको संयोजक प्रमुख जिल्ला अधिकारी रहने व्यस्था छ ।

सम्बन्धित समाचार