अरूण बरूण बहुउद्धेश्यीय सहकारी संस्थाकाे साधारण सभा सम्पन्न, साढे १० लाख नाफा



संखुवासभा । जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको अरूण बरूण बहुउद्धेश्यीय सहकारी संस्थाले एक बर्षमा १० लाख ५५ हजार नाफा कमाएका छ । शनिबार खाँदबारीमा आयोजित तेस्रो बार्षिक साधारणसभा कार्यक्रम मार्फत यस्तो जानकारी दिएको हो । संस्थाले एकबर्षका अवधिमा दुई करोड रुपैया भन्दा बढिको कारोबार गरेको समेत जानएको छ ।
कार्यक्रमका प्रमुख अतिथि संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानले तरलताको अवस्थामा पनि सहकारीले कोभिडमा गरेको सहयोग, बजारमा सिसि क्यामेरा जडान कार्य जस्ता सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याएको स्मरण गरे । उनले नेपाल जस्तो विकासोन्मुख देशका लागि पुँजी निर्माण गर्न सहकारीको महत्व धेरै रहेको बताए ।
सहकारी संस्थाले एकबर्षको अवधिमा सबै खर्च कटाएर खुद नाफा १० लाख ५५ हजार रुपैया रहेको संस्थाका कोषाध्यक्ष जनक पौडेलीले प्रतिवेदन सार्वजनिक गरे । संस्थाका अध्यक्ष इश्वरकाजी कटुवालले बार्षिक प्रतिवेदन पेश गर्दै सहकारीले खाँदबारी, तुम्लिङटार र मानेभञ्ज्याङसम्म कारोबार बिस्तार रहेको बताए । स्थापनाको छोटो अवधिमा सहकारीले सामाजिक क्षेत्रमा पनि उल्लेख्य योगदान गरेको बताउदै तुम्लिङटारमा समेत कार्यालय स्थापना गरिएको जानकारी दिए । देशका कतिपय सहकारीहरुले ठगेर हिड्ने गरेको तर कतिपय सहकारी राम्रा–राम्रा कामहरु समेत गरिरहेकाले सबै सहकारी दृटिबाट हेर्न नहुने अध्यक्ष उनले बताए । संखुवासभामा ४६ वटा सहकारी संस्थाहरु रहेका छन् ।

सम्बन्धित समाचार