पूर्व–पश्चिम रेल्वेका लागि पहिलोपटक ११ हजार रूख काट्न स्वीकृति



८ चैत, काठमाडौं । सरकारले पहिलोपटक पूर्व–पश्चिम रेलमार्गका लागि रुख काट्ने अनुमति दिएको छ । रेलमार्ग बनाउने योजनामा काम भइरहे पनि अहिलेसम्म रेलमार्ग बनाउन वन मन्त्रालयले स्वीकृति दिएको थिएन ।

रेल्वे ट्रयाक निर्माणका लागि लालबन्दी–बर्दिबास रेल्वे खण्डमा पर्ने ११ हजार १ सय भन्दा बढी रुख कटानका लागि रेल विभागले अनुमति पाएको छ । वनमन्त्रालयले मन्त्रिपरिषदमै लगेर यसको निर्णय गराएको हो । लालबन्दी-बर्दिबास खण्डको २५ किलोमिटर रेल्वे ट्रयाक निर्माणमा रहेका सबै अवरोध हटेका छन् । अहिले पनि वन क्षेत्रबाहेकका ठाउँमा विभिन्न संरचना निर्माणको लागि काम भइरहेको छ ।

झण्डै ७० करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च गरिएको छ भने ७० करोड रुपैयाँ बराबरको रकम रेलमार्ग निर्माणमा उपयोग हुँदैछ । कुल बजेटको २ अर्ब मध्ये बाँकी रकम अध्ययनमा लाग्नेछ ।

सम्बन्धित समाचार