१५ विद्यार्थीलाई निशुल्क कम्प्युटर पढाउदै एमसिएसए कम्प्युटर सेन्टर



खाँदबारी । संखुवासभामा सञ्चालित पुरानो कम्प्युटर ईन्स्टीच्युड मोर्डन कम्प्युटर सफ्टवेयर एप्लिकेशन (एमसिएसए कम्प्युटर सेन्टर) ले १५ विद्यार्थीहरुलाई निशुल्क कम्प्युटर पढाउने भएको छ । आफ्नो सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत पहिलो चालु शैक्षिक बर्षको सुरुमा १५ जना विद्यार्थीहरुलाई बेसिक र डिप्लोमा कोर्ष निशुल्क पढाउने भएको हो ।

कम्प्युटर सेन्टरले उद्योग बाणिज्य संघ संखुवासभाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि गोला प्रथाबाट १५ जना विद्यार्थीहरु छनौट गरेको हो । प्रत्येक शैक्षिक बर्षमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई निशुल्क अध्यापन गराउने गरेकोमा यस बर्ष १५ जनालाई गोला प्रथाबाट छनौट गरिएको एमसिएसए कम्प्युटर सेन्टरका प्रबन्धक रोहित श्रेष्ठले जानकारी दिनुभयो ।

विद्यार्थी छनौट कार्यक्रममा सहभागी हुन नपाएका विद्यार्थीहरुको लागि पनि केहि कोटा बाँकी रहेको समेत श्रेष्ठले जानकारी दिनुभयो । छात्रबृत्ति छनौट कार्यक्रममा सहभागी भएकाहरु बाहेकका विद्यार्थीहरुले निशुल्क अध्ययनका लागि आफ्नो वडाको सिफारिस ल्याउनु पर्ने समेत प्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म एमसिएसएले २ सय भन्दा बढि विद्यार्थीहरुलाई शतप्रतिशत छात्रबृत्तिमा पढाईसकेको समेत श्रेष्ठले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार