संबिधान दिवसको अवसरमा संखुवासभामा ६ जना कैदि बन्दी रिहा



खाँदबारी । संबिधान दिवसको अवसरमा संखुवासभाको खाँदबारीमा रहेका ६ जना कैदि बन्दी रिहा भएका छन् । रिहा हुनेहरुमा चैनपुर ३ का देवीमायाँ तामाङ्ग, खाँदबारी ३ का कमल दर्जी, चैनपुर नगरपालिका ५ का दोर्ची शेर्पा, पाँचखपन ३ का रोय भनिने डम्बर सिंह बिश्वकर्मा, मकालु ३ का साने भनिने निमातेम्बा शेर्पा र छथर गाउँपालिका ३ तेह्रथुमका तोर्णप्रसाद न्यौपाने रहेको जिल्ला कारागार संखुवासभाका जेलर बिनोद अधिकारीले जानकारी दिनुभयो ।

आज उनिहरुलाई एक कार्यक्रमका बिच आफन्तको जिम्मा लगाईएको जेलर अधिकारीको भनाई छ । आज रिहा गरिएका ६ जना मध्ये चैनपुर ५ का दोर्ची शेर्पाले सवारी ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका थिए भने अन्य पाँचै जना कर्तब्य ज्यान मुद्धामा कैद सजाँय भोगिरहेका थिए ।

उनिहरुले कैद सजाँयको ५० प्रतिशत भुक्तानी गरिसकेको र उनिहरुको आचरणमा उल्लेख्य सुधार देखिएको जेलर बिनोद अधिकारीले बताउनु भयो ।

सम्बन्धित समाचार