छैटौं पांमा कपको उपाधी खाँदबारी युथ क्लबलाई



संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–४ गैरीपांमास्थित भगिवन्त रंगशालामा संचालित छैटों पांमा कप फुटबल प्रतियोगिताको उपाधी खाँदबारी युथक्लबले जितेको छ ।

आज शुक्रबार भएको फाइनल प्रतियोगितामा तल्लो पांमा फटबल क्लबलाई टाईबे्रकरमा ४–२ ले हराउर्दै खाँदबारी युथ क्लबले उपाधी जितेको हो । निर्धारित समयमा दुवै टिमले कुनैपनि गोल गर्न सकेनन् भने टाइबे्रकरमा खाँदबारी युथ क्लबले जीत हासिल गरेको हो ।

उक्त प्रतियोगितामा सान्त्वना स्वरुप तेस्रो र चौथो तीनपोखरी फुटबल क्लब र पांमा सामुदायिक क्लब बनेको छ । प्रतियोगिताका विजेताले १ लाख ५१ हजार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । भने उपविजेताले ८१ हजार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

सान्त्वना स्वरुप तेस्रो र चौथो हुने दुई टिमले ३१र३१ हजार, ट्रर्फी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी खाँदबारी युथ क्लबका मिसन लिम्बु घोषित भए भने सर्वाधिक गोलकर्ता तल्लो पांमाका उत्सव राई बने । त्यसैगरि उत्कृष्ट गोलरक्षक खाँदबारी युथ क्लबले प्रतिजा गच्छादार बने । सबैलाई जनही ५ हजार १ सय, ट्रर्फी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता टिमलाई प्रदेशसभा (क)बाट नवनिर्वाचीत प्रदेश साँसद राजेन्द्र कार्कीले पुरस्कार वितरण गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद क्षेत्रको विकासका लागि प्रदेश १ सरकारबाट सक्ने सहयोग जुटाउन आफु लागि पर्ने बताए ।

सम्बन्धित समाचार