चिचिलाका सवै विद्यार्थीहरुको आँखा परिक्षण, ५० जनामा देखियो समस्या



चिचिला । चिचिला गाउँपालिकाले पालिका भित्रका सवै विद्यार्थीहरुको आँखा परिक्षण गरेको छ । तेजरत्न आँखा तथा कान उपचार केन्द्रको प्राविधिक सहयोगमा सवै विद्यालयमा पुगेर १ हजार ४५२ विद्यार्थीको आँखा परिक्षण गरेको हो ।

आँखा परिक्षणको क्रममा ५० जना विद्यार्थीहरुमा दृष्टिदोष भएको पाईएको शिक्षा अधिकृत बासु कोईरालाले जानकारी दिनुभयो । गाउँपालिका भित्रका ९ विद्यालयमा गरिएको परिक्षणबाट उक्त संख्यामा विद्यार्थीहरुको आँखामा समस्या देखिएको कोईरालाले जानकारी दिनुभयो । उनीहरुको थप उपचारको लागि खाँदबारी स्थीत तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा पठाईने उहाँले जानकारी दिनुभयो ।

आँखामा समस्या देखिएका बालबालिकाहरुको उपचार तथा यातायात खर्चकाे ५० प्रतिशत गाउँपालिकाले ब्यहोर्ने गाउँपालिका अध्यक्ष पासाङ नुर्वू शेर्पाले जानकारी दिनुभयो । बालबालिकाहरुको आँखाको अवस्था बारे परिक्षण गरि भविश्यमा आउन सक्ने समस्याको बेलैमा समाधान गर्न गाउँपालिकाले यो कार्यक्रम राखेको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार