राष्ट्रिय बाणिज्य बैंक खाँदबारीद्वारा भाेटखाेलाका तीन विद्यालयलाई सहयाेग



खाँदबारी । राष्ट्रिय बाणिज्य बैंक खाँदबारी शाखाले भाेटखाेला गाउँपालिकाका ३ विद्यालयलाई उपकरण र विद्यार्थीहरुलाई न्यानाे कपडा प्रदान गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत ४ लाख ५० हजार रुपैयाँ बराबरकाे न्यानाे कपडा तथा सामग्री हस्तान्तरण गरेकाे हाे ।

भाेटखाेला गाउँपालिका ३ हुङ्गुङकाे गवाछेसा आधारभुत विद्यालय, भाेटखाेला ३ काे हिमशिखर आधारभुत विद्यालय र साेहि वडाका बरुण आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर उपलब्ध गराएकाे हाे । साेहि विद्यालयका विद्यार्थीहरुलाई न्यानाे स्वीटर समेत उपलब्ध गराएकाे हाे ।

राष्ट्रिय बाणिज्य बैंक प्रदेश १ कार्यालयका उपप्रबन्धक दिपेन्द्र भट्टराई, खाँदबारी शाखाका प्रमुख गुरुप्रसाद राई लगायतका कर्मचारी तथा सम्बन्धित विद्यालयका अविभावकहरुकाे उपस्थितीमा कार्यक्रमकाे आयाेजना गरि सामग्री हस्तान्तरण गरिएकाे हाे ।

सम्बन्धित समाचार