साइग्रेसको आवाजमा पोर्चुगलको कथा लिस्बनमा



लिस्वन । कथा वाचनमा ख्याति कमाएका साइग्रेस पोखरेलले लिस्बनमा आफ्नो प्रस्तुति दिएका छन् । पोखरेलको ुशब्दयात्रा २०२३ु अन्तर्गत गैरआवासीय नेपाली संघ, पोर्चुगलले जनवरी २३ मा आयोजना गरेको कार्यक्रममा उनले प्रस्तुति दिएका हुन् ।

पोर्चुगलमा रहेका नेपालीहरुका धेरै कथा र व्याथाहरु छन्, त्यसैलाई उनले सरल ढंगमा प्रस्तुत गर्दै प्रत्येक क्षण र हरेक काममा सकरात्मक बन्न प्रेरणा दिनुभयो । उनले सहभागीहरुको जिज्ञासालाई पनि सम्बोधन गरेका थिए । युवापिँढीबीच लोकप्रिय रहेका पोखरेलका मेरो अधुरो प्रेम, नौलो शुरुवात, सभ्या, नयाँ बेहुलीलगायतका कथावाचनहरु युट्युबमा धेरैले रुचाएका छन् ।

यसैगरी कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष पूर्ण हमालले पोखरेलको कथावाचनको प्रशंसा गर्दै एनआरएनएले गरेका यस्ता कार्यक्रमबाट समाजमा सकरात्मक सन्देश छर्ने बताउनुभयो । उहाँले पोर्चुगलबासी नेपालीहरुलाई एकअर्काको समस्यामा हातेमालो गर्दै समाधानका लागि सबै एकजुट हुन पनि आव्हान गर्नुभयो ।

पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाहरुको सहभागितामा भएको उक्त कार्यक्रममा बाँसुरीबाधक बुध्द लामा र द भ्वाइस पोर्चुगलमा ब्लाइण्ड अडिसन पार गरेका विवस उप्रेतिले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले यहाँ रहेका नेपालीहरुमा सकरात्मक सामाजिक तथा मानसिक भावनाको विकास गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

यसअघि पोर्चुगलकै जम्बुजिरामा पनि संघको आयोजनामा भएको कार्यक्रममा साइग्रेस पोखरेलले कथा प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार