चिचिलाकाे सरश्वती माविमा ३ लाख १ सय रुपैयाँकाे छात्रबृत्ति अक्षकाेष स्थापना



खाँदबारी । चिचिला गाउँपालिका वडा नम्बर ४ मा रहेकाे सरश्वती मावि बलाैटेमा रहेकाे सरश्वती माध्यमिक विद्यालयमा ३ लाख १ सय रुपैयाँकाे छात्रबृत्ति अक्षकाेष स्थापना गरिएकाे छ । चिचिला गाउँपालिका ४ कै गुरुङ परिवारले आफ्ना स्वर्गीय बुवा आमा र चेलीकाे नाममा दिर्घ चन्द्रा लाेकमायाँ छात्रबृत्ति काेष स्थापना गरेका हुन् ।

बुधबार विद्यालयमा एक संक्षिप्त कार्यक्रमकाे आयाेजना गरि विद्यालयलाई उक्त अक्षकाेष रकम हस्तान्तरण गरेका छन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पा, प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राई, कार्यपालिका सदस्य जुल्मी राई लगायतका जनप्रतिनिधी तथा कर्मचारीहरुकाे उपस्थिती रहेकाे थियाे ।

छात्रबृत्ति स्थापना गर्नेहरुमा छाेरा बुहारीहरु कृष्णबहादुर देवीमाया, बेन बहादुर गंगामायाँ, चक्रबहादुर सावित्री थापा गुरुङ छाेरी ज्वाईंहरु शिलाकुमारी प्रेम कुमार गुरुङ, मविना रमेश गुरुङ र तारादेवी गुरुङ रहेका छन् । उनीहरुले संयुक्त रुपमा आफ्ना स्वर्गीय बुवा आमा र चेलीकाे नाममा काेष स्थापना गरेका हुन् । उक्त काेषकाे ब्याजबाट आउने रकमले सरश्वती माध्यमिक विद्यालयमा अध्ययनरत गरिव, आमा बुवा नभएका र अपाङ्गता भएका विद्यार्थीलाई प्रत्येक बर्ष छात्र बृत्ति दिईने विद्यालय ब्यवस्थापन समित अध्यक्ष तथा वडा नम्बर ४ का अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयाे ।

यस अक्षकाेषका संस्थापक छाेराछाेरीहरु साेहि विद्यालयका पुर्व विद्यार्थीहरु हुन् भने चक्रबहादुर गुरुङ पुर्व शिक्षक समेत हुन् । सरश्वती माविमा अध्ययनरत गरिव, अपाङ्गता भएका र अविभावक विहिन विद्यार्थीहरुकाे उज्जवल भविश्यकाे लागि पुर्याएकाे याेगदानकाे पालिकाले उच्च मुल्याङ्कन गरेकाे बताउँदै कार्यक्रमका बक्ताहरुले अक्षकाेष दाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।

सम्बन्धित समाचार