नेपाल राष्ट्रिय कर्मचारी संगठन सोलुखुम्बुको पाँचौं जिल्ला अधिवेशन सम्पन्न



सोलुखुम्बु । नेपाल राष्ट्रिय कर्मचारी संगठन सोलुखुम्बुको पाँचौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम सल्लेरीमा शनिबार अधिवेशन सम्पन्न भएको हो ।

संगठनको जिल्ला कोषाध्यक्ष सुवास तामाङको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र प्रदेश १ सचिवालय सदस्य एवम् नेकपा माओवादी केन्द्र सोलुखुम्बुका अध्यक्ष असिम राईको प्रमुख आतिथ्यतामा अधिवेसन सम्पन्न भएको हो ।

जिल्ला अधिवेशनबाट विशालबावु लिफङको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नागेन्द्र बस्नेत, हरिलाल कुलुङ र बन्दना राई चयन गरिएका छन् । सचिव पदमा प्रकाण्ड न्यौपाने र सह-सचिवमा नन्दराज खालिङ चयन भएका छन् । कोषाध्यक्ष पदमा जीतेन्द्र कुलुङ चयन गरिएको छ भने सदस्यहरुमा राजकुमार कुलुङ, विकाश परियार, नवराज रापकोटा, रिता बस्नेत, प्रवेश राई, योङ विक्रम राई, चन्द्रकला राई र नवीन बम् छनौट गरिएको छ ।

प्रदेश प्रतिनीधिहरुमा गणेश बहादुर गुर्धामी र यसोदा बस्नेत चयन गरिएको छ । केन्द्रीय प्रतिनीधिमा सुवास तामाङ र कालीबहादुर रावत छनौट गरिएको छ । समितिको पदाधिकारीहरुको कार्य अवधी ३ बर्षको रहनेछ ।

अधिवेशनमा संगठनको केन्द्रीय सचिवालय सदस्य तथा  प्रदेश अध्यक्ष रुद्र सुवेदी, केन्द्रीय सचिवालय सदस्य गणेश कार्की, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव खालिङ, प्रेस सेन्टर केन्द्रीय सदस्य भोजराज कार्की लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार