अलैँची गुणस्तर र बजार सुधार सम्बन्धि अन्तरक्रिया सम्पन्न



अलैँचीको उत्पादन,गुणस्तर सुधार र बजारिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संखुवासभाको धर्मदेवी नगरपालिकाको मुढेमा अलैँचीको उत्पादन,गुणस्तर सुधार र बजारीकरण  सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अलैँचीको बजार र गुणस्तर सुधार गर्नको लागि नीति निर्माणदेखि कृषकको उत्पादनको तहसम्म गर्नुपर्ने कामहरुको बारेमा छलफल भएको थियो । प्रदेश १ को कृषि मन्त्रालयको सहयोगमा तथा नेपाल अलैची ब्यवसायी महासंघको केन्द्रिय कार्यालय विर्तामोडको आयोजनामा अलैँचीको समस्याका बारेमा कृषक र सरोकारवाला बीचमा छलफल भएको थियो ।
अलँैचीलाई आफ्नै ब्याकेजिङ बनाएर अन्र्तराष्ट्रिय बजारमा पु¥याउन तीन तहकै सरकारको सहयोग आवश्यक रहेको अलँैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराइले बताउनुभयो । उहाँले भन्नु भयो कसरी धेरै मुल्य लिन सकिन्छ भनेर कृषक,ब्यवसायी र सरोकारवाला निकाय सँग छलफल कार्यक्रम गरिएको अध्यक्ष भट्टराइले बताउनुभयो ।  नेपाली अलँैचीलाई भारत बाहेकका तेस्रो बजार पु¥याउन सके अलैचीको मुल्य रामो पाउन सकिने अध्यक्ष भट्टराइले बताउनुभयो ।

कुनै समय १ लाख २० हजार रुपैयाँ प्रति मन (४० किलो) हाल २९ हजार रुपैयाँमा मात्र कारोबार भैरहेको छ । अलैँची उत्पादन गर्दै आएका कृषकले अलैचीको मूल्य नपाएको भन्दै अलैँची मूल्य निर्धारणका लागि सरकारका सँग माग गरेका छन् । नेपालको अलैँचीको बजार भारतमा निर्भर रहेको र भारतका विभिन्न क्षेत्रमा समेत ठूलो मात्रामा अलैँची उत्पादन हुन थालेकोले नेपालको अलँैचीको मूल्यमा त्यसको प्रभाव परेको व्यवसायीहरुले बताए ।

कार्यक्रममा संखुवासभा, धनकुटा र तेह्रथुमका अलैंची कृषक र अलैंची ब्यवसायी सहभागिता रहेको थियो । अलँैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम धर्मदेवी नगरपालिकाका मेयर उदयचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अलँैची व्यवसायी महासंघका केन्द्रिय सल्लाहाकार सुमन श्रेष्ठ र अलँैची जोन संखुवासभाका अधयक्ष पासाङ शेर्पाले शुभकामना मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार