भूकम्पमा परी मृत्यु हुनेकाे सङ्ख्या ४३ सय नाघ्याे



बेरुत । टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र सयौं परकम्पनका कारण मर्नेको सङ्ख्या चार हजार तीनसय पुगेको छ । विभिन्न मिडियाहरूले बिहानको ९ बजेको स्थानीय समयअनुसार पछिल्लो विवरणमा सो सङ्ख्यामा उल्लेख गरिएको छ ।

उद्धार कार्यको लागि विभिन्न ६५ देशबाट २६ सय स्वय्मसेवकहरू टर्कीमा प्रस्थान गरेका छन् । यस्तै, भूकम्पले प्रभावितहरूको लागि तीन लाख ब्याल्यान्केट र ४१ हजार पालको व्यवस्था गरिएको टर्कीको विपद् व्यवस्थापन केन्द्र एएफडीले जनाएको छ ।

भूकम्पका कारण हजारौं भवनहरू ध्वस्त भएका छन् । भग्नावशेषमा परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।

 

सम्बन्धित समाचार