फागुन मसान्तभित्र सवारी कर भुक्तानी गरे जरिवाना छुट (सूचनासहित)



काठमाडौँ । फागुन मसान्तभित्र सवारी कर तथा नवीकरण भुक्तानी गरे जरिवाना छुट हुने भएको छ । आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म तोकिए बमोजिमको कर तथा नवीकरण समेत भुक्तानी नगरेका सवारी धनीले जरिवाना छुट पाउने भएका हुन् ।

त्यसका लागि यही २०७९ फागुन मसान्तभित्र कर बुझाउनु पर्नेछ । यातायात व्यवस्था कार्यालय (मोटरसाइकल) काठमाडौंले आज सूचना जारी गर्दै विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका सवारी धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रह गरेको हो ।

हेर्नुहोस् सूचना :-

सम्बन्धित समाचार