सिलिचाेङ ३ ताम्कुकाे ईभाङ पुल उद्घाटन गरिदै । तस्विर साैजन्य: भद्रबहादुर कुलुङ
खाँदबारी । मंगलबार र बुधबार सिलिचाेङ गाउँपालिकामा एक एक गरि दुई वटा झाेलुङ्गे पुलकाे उद्घाटन गरियाे । मंगलबार सिलिचाेङ गाउँपालिका ३ काे साप्तेल र काम्पेप विचकाे ईभाङ् खाेलाकाे पुल उद्घाटन गरियाे । बुधबार ताम्कुकै लकुवादेखि सिन्तुप गाउँ जाने दाङ्खा खाेलाकाे झाेलुङ्गे पुल उद्घाटन गरियाे ।
यस बाहेक सिलिचाेङ २ बालाकाे पिखुवाखाेला र सिलिचाेङ १ शिसुवाखाेलाकाे दाङ्बुवा खाेलामा पनि धमाधम पुल निर्माण भईरहेकाे छ । यी दुई पुल पनि यहि आर्थिक बर्षमा सम्पन्न हुँदैछ । याे दुई सहित याे बर्ष ४ वटा झाेलुङ्गे पुल सिलिचाेङमा निर्माण सम्पन्न हुँदैछ ।
याे बर्ष मात्र नभएर अघिल्लाे आर्थिक बर्षमा पनि ४ वटा झाेलुङ्गे पुल निर्माण गरिएकाे थियाे । सिलिचाेङ ५ याफूमा १ (जेकेश्वर) , सिलिचाेङ ३ ताम्कुमा २ (अलुभा र सिन्तुप पुल) र सिलिचाेङ १ सिसुवाखाेलामा १ वटा (तागादाे) झाेलुङ्गे पुल निर्माण गरिएकाे थियाे ।
अर्काे बर्ष पनि ४ वटा नै पुल निर्माण गर्ने गाउँपालिकाकाे याेजना छ । त्यस मध्ये सिलिचाेङ १ सिसुवाखाेलाकाे पांग्रा झ्याले भन्ने स्थानमा र बाला र ताम्कु विचकाे संखुवाखाेला (नाम्रिङ्मा) मा झाेलुङ्गे पुल निर्माण गर्ने निश्चित भईसकेकाे गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिनुभयाे । अन्य दुई स्थानकाे पनि छनाैट हुने क्रममा रहेकाे उहाँले बताउनुभयाे ।
सिलिचाेङ गाउँपालिका धेरै खाेला खाेल्सी भएकाे ठाउँ भएकाेले पुलकाे अति आवश्यकता रहेकाे गाउँपालिका अध्यक्ष मेवाहाङकाे भनाई छ । गाउँपालिकामा कम्तिमा १५ स्थानमा पुलकाे आवश्यकता पहिचान गरिएकाे उहाँले बताउनुभयाे । त्यस मध्ये प्राथमिकताकाे आधारमा पुल निर्माण गर्दै लगिएकाे उहाँले बताउनुभयाे ।
केहि स्थानकाे पुल निर्माणकाे लागि विभिन्न निकायहरुकाे पनि सहयाेग लिदै साझेदारी समेत गर्दै आएकाे प्रमुख प्रशासकीय अधिकृत भद्रबहादुर कुलुङले बताउनुभयाे । केहि स्थानकाे पुल निर्माणकाे लागि समाज विकास केन्द्र (साेडेक) र प्रादेशिक प्राविधिक सहयोग प्रदायक संस्थाले सहयाेग गर्दै आएकाे कुलुङले जानकारी दिनुभयाे ।
प्रतिक्रिया