किरात मेवाहाङ याखाेम्माकाे दाेश्राे राष्ट्रिय सम्मेलन फागुन २० बाट हुँदै



खाँदबारी । किरात मेवाहाङ जातिकाे जातीय संस्था किरात मेवाहाङ याखाेम्माकाे दाेश्राे राष्ट्रिय सम्मेलन सिलिचाेङ गाउँपालिका २ बालामा सञ्चालन हुने भएकाे छ । फागुन २० र २१ गते याखाेम्माकाे राष्ट्रिय सम्मेलन हुन लागेकाे हाे ।

सम्मेलनमा देशभरका मेवाहाङ जातिहरुकाे उपस्थिति रहने आयाेजकले जनाएकाे छ । सम्मेलनबाट नयाँ केन्द्रिय कार्य समिति समेत चयन हुनेछ ।

कार्यक्रममा किराँती माैलिक तथा ऐतिहासिक सामग्रीहरु प्रदर्शनीमा राखिने समेत आयाेजकले जनाएकाे छ । सम्मेलनकाे ब्यवस्थापन किराँत मेवाहाङ याखाेम्मा बाला ईकाई कार्य समितिले गर्दैछ ।

सम्मेलनमा चर्चित गायक सम्भु राई लगायत मेवाहाङ कलाकार संघका कलाकारहरुले साँगीतिक प्रस्तुति दिनेछन् ।

सम्बन्धित समाचार