खाँदबारी । निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङ्कुटी–दिदीङ–पुखुवा सडक खण्ड जग्गाको छुट मुआब्जाको दररेट निर्धारण भएको छ । प्रभावित र सरोकारवालाहरुको निरन्तरको प्रयास र छलफलपछि मंगलबार मुआब्जा निर्धारण गरिएको हो ।
त्यस क्षेत्रको जग्गा धनीहरुले प्रतिरोपनी ११ लाख ७५ हजार रुपैयाँ पाउने गरि मुआब्जाको दर निर्धारण गरिएको हाे । मंगलबार जिल्ला मुआब्जा दर निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीको संयोजकत्वमा बसेको बैठकले मुआब्जाकाे दर निर्धारण गरेको हो । जिल्ला स्थित जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी तथा सरोकारवालहरुहरुको उपस्थितीमा छलफलपछि दर निर्धारण गरेको हो ।
अरुण तेश्रोको मुआब्जा वितरणको क्रममा मुआब्जा दिन छुट भएका विस्थापितहरु बर्षौदेखि आन्दोलनरत थिए । आन्दोलन पछि सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको संयोजकत्वमा बनेको अध्ययन समितिले ४ सय ५१ रोपनी जग्गाको मुआब्जा दिन छुट भएको ठहर गरेको थियो । उक्त जग्गाको प्रतिरोपनी लमसममा ११ लाख ७५ हजार रुपैयाँ दर तोकिएको हो ।
प्रतिक्रिया