खाँदबारी । मकालु गाउँपालिकाकाे काे १ झ ७०० नम्बरकाे गाडी चिचिला गाउँपालिकामा दुर्घटना भएकाे छ । बुधबार दिउँसाे सक्रान्तेदेखि धजे हुँदै मत्स्ये गाउँ झर्ने क्रममा धजेमा दुर्घटना भएकाे हाे ।
धजेकाे विद्यालय छेउकाे सडकदेखि करिव ५० मिटर तल गाडी खसेकाे थियाे । गाडीमा सवार ३ जना घाईते भएका छन् । घाईते हुनेहरुमा सवारी चालक लाेकेन्द्र तामाङ, मकालु गाउँपालिकाका कर्मचारीहरु गायत्री घिमिरे र दिनेश पराजुली रहेका छन् ।
उनीहरुकाे थपचारकाे लागि जिल्ला अस्पताल खाँदबारी ल्याईएकाे छ ।
प्रतिक्रिया