खाँदबारी । चैनपुरकाे जिराे पाेईन्टमा बनाईएकाे करुवा स्तम्भका लागि बनाईएकाे करुवा ‘चैनपुरे करुवा’ जस्ताे नभएकाे चाैतर्फी आलाेचना पछि नगरपालिकाले उक्त करुवा स्वीकृत नगर्ने भएकाे छ । पुर्वी नेपालमा नै पहिचान बनाएकाे चैनपुरे करुवाकाे स्वरुप विगारेर निर्माण गरिएकाे भन्दै सामाजिक सञ्जालमा ब्यापक आलाेचना बढेपछि पुन: निर्माण गर्न लगाउने नगरपालिकालेले निर्णय गरेकाे हाे ।
बुधबार बसेकाे गाउँ कार्यपालिकाकाे बैठकले अर्काे करुवा निर्माण नभएसम्म भुक्तानी समेत नदिने निर्णय गरेकाे नगरपालिकाकाे प्रवक्ता धनबहादुर तामाङले जानकारी दिनुभयाे । करुवा स्थानीय उपभाेक्ता समिति मार्फत ललितपुर स्थीत नालजाेर्मा आर्टसले निर्माण गरेकाे तामाङले जानकारी दिनुभयाे ।
अर्काे करुवा निर्माण गरेर ल्याईएपछि मात्र हालकाे करुवा फिर्ता पठाईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालले जानकारी दिनुभयाे । अर्काे करुवा निर्माण गर्ने बारे निर्माण पक्षसँग कुरा भईसकेकाे समेत प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयाे ।
करुवा निर्माण गर्नकाे लागि २० लाख रुपैयाँ विनियाेजन गरिएकाे थियाे ।
प्रतिक्रिया